इरान–अमेरिका तनावः पाकिस्तानले राख्यो मध्यस्थताको प्रस्ताव
इस्लामावाद (एजेन्सी) । इरान र अमेरिकाबीच तनाव बढिरहेका बेला परमाणु हतियार सम्पन्न मुस्लिम देश पाकिस्तानले यो संकट समाधान गर्न मध्यस्थताको प्रस्ताव राखेको छ।
पाकिस्तानी समाचार माध्यम डनका पाकिस्तानी विदेशमन्त्री शाह महुमद कुरेशीले इरानी समकक्षी मोहम्मद जवाद जारिफ, टर्कीमा विदेशमन्त्री मेवलुत कावुसोग्लू र साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहान अल–सऊदलाई फोन गरेर मध्यस्थताको प्रस्ताव राखेका छन्।
पाकिस्तानको यो प्रस्तावबारे अमेरिका र इरानले भने कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन्। यस्तै पाकिस्तानी विदेशमन्त्रीसँगको फोन वार्तामा साउदी, टर्की र इरानी विदेशमन्त्रीले पाकिस्तानको प्रस्तावबारे के जवाफ दिए केही जानकारी दिइएको छैन।
अमेरिकाले इराकको राजधानी बग्दादमा इरानका उच्च सैन्य कमाण्डर जर्नेल कासिम सुलेमानको हत्या गरेपछि मध्यपूर्वमा तनाव बढेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment