अमेरिकाको बोस्टनमा पांच नेपालीलाई लायन्स क्लवको सम्मान

डिसी नेपाल
२२ पुष २०७६ १५:२५

बोस्टन, अमेरिका । अमेरिकाको बोस्टनमा स्थापित नेपालीहरूको सामाजिक सस्था हिमालयन  लायन्स क्लवले आइतबार एक कार्यक्रमको आयोजना गरेको छ ।

लायन्स क्लब डिस्ट्रिक ३३ के का गवर्नर डोन राइस र भाइस गवर्नर डा डेव वाइनीको आतिथ्यमा आयोजित उक्त कार्यक्रममा हिमालयन लायन्स क्लवमा स्थापना कालदेखि संग्लग्न  राम थापा, बिष्णु कार्की, पेशल रेग्मी, राम धिताल र गोवर्धन पूजालाई लायन्स क्लवका इन्टरनेशनल प्रेसिडेन्ट डा. युङ्ग युल चोइद्वारा प्रेसित  “माइल स्टोन सेव्रोन अवार्ड ” प्रदान गरियो ।

क्लवका अध्यक्ष पेशल रेग्मीले  क्लवले स्थापना कालदेखि नै नेपालका बिभिन्न बिद्यालयलाई सहयोग गर्दै आएको र अमेरिकामा रक्तदान र आखाको उपचार शिविर संचालन गर्दै आएको जानकारी गराए  ।

कार्यक्रममा क्लवका सचिव थानीरत्न कंडेलले क्लवको राम्रा कार्यलाई निरन्तरता दिदै आगामी दिनमा  नयाँ कार्यक्रम  ल्याउने जानकारी गराए।

लायन मान्ती साहले अतिथिको स्वागत गर्दै आगामी दिनमा क्लवलाई अझै सशक्त रुपले अघि बढाउन क्लवले गर्नु पर्ने कार्यको जानकारी गराइन।

नयाँ सदस्य प्रकाश खनाल  र नवीन उप्रेतीलाई क्लवको पिन प्रदान गरिएको उक्त कार्यक्रममा एकसय एक बर्षकी  लायन मिलीलाई क्लवका तर्फबाट शान्त राम तामांगले सम्मान अर्पण गरेका थिए ।

कार्यक्रममा लायन दिनेश पाण्डे, चन्द्रबहादुर मल्ल, गोवर्धन पूजा, चन्द्रदेव मण्डललगायतले मन्तव्य राखेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *