सिड्नीमा भ्रमण वर्ष उद्घाटन, मन्त्री भट्टराईद्वारा अष्ट्रेलियावासीलाई भ्रमणको निम्तो

डिसी नेपाल
२२ पुष २०७६ ११:२७

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियाको सिड्नीमा भिजिट नेपाल २०२० को औपचारिक उद्घाटन भएको छ ।

सिड्नीमा पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई र अष्ट्रेलियाको न्यू साउथ वल्सका सभामुख जोनथान ओडिएले संयुक्त रुपमा भिजिट नेपाल २०२० को उद्घाटन गरेका हुन् ।

भिजिट नेपालको उद्घाटन कार्यक्रममा बोल्दै पर्यटनमन्त्री भटटराईले अष्ट्रेलियामा भएको भयानक आगलागी पीडितलाई सक्दो सहयोग गर्न आग्रह गर्दै सम्पूर्ण नेपाली तथा अष्ट्रेलियाका नागरिकलाई नेपाल भ्रमणको निम्तो समेत दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *