एकदिवसीय सिरिजका लागि नेपाली टोलीको बन्द प्रशिक्षण शुक्रबारदेखि पोखरामा हुने

डिसी नेपाल
२२ पुष २०७६ १२:०२

काठमाडौं। फेब्रुअरीमा किर्तिपुरमा हुने नेपाल, अमेरिका र ओमानबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजको लागि नेपाली टोलीको बन्द प्रशिक्षण यही जनवरी १० शुक्रबारदेखि पोखरा रंगशालामा सुरु हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) को यही आइतबार बसेको बोर्ड बैठकले यस्तो निर्णय गरेको हो ।

आइसीसी विश्वकप लिग २ अन्तर्गतको यो खेल किर्तिपुर मैदानमा संचालन हुनेछ भने अभ्यास खेल मूलपानी मैदानमा हुनेछ । यसका लागि दुवै मैदानलाई तयार पार्ने कार्य यसअघि नै सुरु भइसकेको र दुवै मैदान तथा पिच निर्माणको कार्य आइसीसीका क्युरेटर बन्दुला वर्नपुराले हेरिरहेको क्यानले जनाएको छ ।

यस्तै क्यानले कार्यालय स्थापना गर्न प्रत्येक जिल्लालाई एक–एक लाख र प्रदेशहरुलाई तीन–तीन लाख रकम उपलब्ध गराउने निर्णय समेत गरेको छ । क्यानको दैनिक कार्य सम्पादन सहज होस् भन्ने उदेश्यले पाँच सदस्यीय कार्य सम्पादन समिति गठन गरिएको छ । समितिमा अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष राजुबाबु श्रेष्ठ, सचिव अशोकनाथ प्याकुरेल, कोषाध्यक्ष रोशनकुमार सिंह र केन्द्रीय सदस्य अमितवीर पाण्डे रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *