मलेसियामा नेपाल भ्रमण वर्षको उद्‌घाटन

डिसी नेपाल
२२ पुष २०७६ १७:४७

मलेसिया । क्वालालम्पुरस्थित नेपाली राजदूतावासले  रिनाइसन्स होटलमा एक समारोहकाबीच मंगलबार नेपाल भ्रमण वर्ष २०२० को उद्‌घाटन गरेकाे छ ।

समारोहमा प्रमुख अतिथि मलेसियाका पर्यटन, कला तथा संस्कृति मन्त्रि दातुक  मोहमद्दिन बिन केतापी रहेका थिए भने विभिन्न देशका राजदूत तथा प्रतिनिधिहरू, मलेसियाका परराष्ट्रमन्त्रालयका प्रतिनिधिहरू, पर्यटन प्रबर्द्धन सम्बन्धी सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरू, नेपाल र मलेसिया हवाई सेवाका प्रतिनिधि, टुर एण्ड ट्राभलका प्रतिनिधिहरू, होटल व्यवसायी तथा व्यापारी वर्ग र मिडियाहरूको प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

त्यस, अवसरमा प्रमुख अतिथि केतापीले नेपाल भ्रमण वर्ष २०२० को सफलताको शुभकामना व्यक्त गर्दै विश्वका धेरै पर्यटकहरुको रोजाइमा नेपाल रहने गरेको बताए । उनले पर्यटनको विकासका लागि उत्पादकत्व, प्रचार प्रसार, बजार रणनीति, मानवस्रोतको विकास र नयाँ प्रविधिको प्रयोग अभिवृद्धि गर्नुपर्नेमा जोड दिए ।

मलेसियाका लागि नेपालका राजदूत उदयराज पाण्डेले नेपालको विकासमा पर्यटन क्षेत्रले निर्वाह गरेको भूमिका, नेपालमा पर्यटन क्षेत्रमा उपलब्ध अवसरबारे जानकारी दिँदै नेपाल र मलेसियाबीच पर्यटन प्रवद्र्धनका निम्ति आफू तत्पर रहेको बताए।

कार्यक्रमको उद्‌घाटन प्रमुख अतिथि मोहमद्दिन बिन केतापी र राजदूत उदयराज पाण्डेले नेपाल वर्ष २०२० लेखिएको केक काटेर उद्‌घाटन गरेका थिए भने भ्रमण वर्षको प्रवर्द्धनको लागि तयार गरिएको नेपालको महत्त्वपूर्ण र पुरातात्त्विक पर्यटकीय स्थलको भिडियो प्रदर्शन गरिएको थियो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *