न्यु डाइमण्ड कप भलिबलको खेल तालिका सार्वजनिक

डिसी नेपाल
२२ पुष २०७६ १८:२५

काठमाडौं । तेस्रो संस्करणको होङ्गान्जी न्यु डाइमण्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको उद्घाटन खेलमा एपीएफ क्लब र पोखराको टप्स माबिबीच खेल हुने भएको छ ।

आयोजक न्यु डाइमण्ड स्पोर्ट्स क्लबले मंगलबार सार्वजनिक गरेको खेल तालिका अनुसार उद्घाटनमा उपाधि दाबेदार एपीएफ र टप्स भिड्ने भएका हुन् । नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल क्लबको मैदानमा एपीएफ र टप्सबीचको खेल भोली बुधबार १० बजे हुनेछ ।

यस्तै दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र पारामाउन्ट इन्ग्लिश स्कुलबीच खेल हुनेछ । तेस्रो खेलमा न्यु डाइमण्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबबीच खेल हुँदा अन्तिम खेलमा एपीएफ र पारामाउन्टबीच खेल हुनेछ ।

प्रतियोगितामा ७ टिमले प्रतिस्पर्धा गर्ने छन् । यस संकरणमा आयोजक न्यु डाइमण्ड स्पोर्ट्स क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, टप्स माबि पोखरा, पारामाउन्ट इन्ग्लिश स्कुल र ढोरपाटन स्पोर्ट्स क्लबले प्रतिस्पर्धा गर्ने छन् ।

लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताको पहिलो र दोस्रो दिन समान ४र४ खेल हुनेछ । तेस्रो दिन सेमिफाइनल र अन्तिम दिन फाइनल खेल हुनेछ । प्रतियोगिताको विजेताले ४ लाख १ सय १ रुपैया पाउने छन् । यस्तै उपविजेताले ३ लाख १ सय १, तेस्रोले १ लाख ५१ हजार १ सय १ र चौंथोले ५१ हजार १ सय १ रुपैया पाउने छन् ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले २१ हजार १ सय पाउने छन् । व्यक्तिगत विधातर्फ स्पाइकर,ब्लकर,क्विकर,सेटर,सर्भर,डिफेन्डर र प्रशिक्षकलाई ७ हजार १ सय १ प्रदान गरिनेछ ।

खेल तालिकाः




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *