दोस्रो टी–२०मा भारतको सहज जित

डिसी नेपाल
२२ पुष २०७६ २२:५४

एजेन्सी । श्रीलंकासँगको तीन टि ट्वान्टी सिरिज अन्तर्गत दोस्रो खेलमा भारत ७ विकेटले विजयी भएको छ । श्रीलंकाले प्रस्तुत गरेको १ सय ४३ रनको विजयी लक्ष्य भारतले १७.३ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो ।

भारतका लागि केएल राहुलले ४५ रन बनाए्। यस्तै शिखर धवनले ३२ रन बनाउँदा श्रेयस ऐर ३४ रनमा क्याच आउट भए । कप्तान विराट कोहली ३० रनमा अविजित रहे । श्रीलंकाका वानिन्दु हसरंगा २ र लाहिरु कुमाराले १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियो । श्रीलंकाका लागि विकेटकीपर कुशल परेराले सर्वाधिक ३४ रनको योगदान दिए । ओशद फर्नांडो १०, भनुका राजपक्ष्य ९ र दसुन शनका ७ रनमा आउट भए । धनञ्जय डी शिल्भा १७ र वानिन्दु हसरंगाले १६ रनको योगदान दिए ।

भारतका शार्दुल ठाकुरले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । कुलदीप यादव र नवदीप सैनीले २–२ विकेट लिए । जसप्रित बुमराह र वाशिन्टन सुन्दरले १–१ विकेट लिए । पहिलो खेल वर्षाको कारण रद्ध हुँदा तेस्रो तथा अन्तिम खेल शुक्रबार पुणेमा हुने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *