एमएम कपः नेपाल पुलिस क्लब ब्याटिङ गर्दै
इनरुवा । ईनरुवामा जारी मनमोहन मेमोरियल (एमएम) कप एक दिवसीय क्रिकेट प्रतियोगिता अन्र्तगत समुह बि को पहिलो खेलमा आज नेपाल पुलिस क्लब र कर्णाली प्रदेश भिड्दै छन्।
आजको खेलमा कर्णाली प्रदेशले टस जितेर फिल्डीङ गर्ने निर्र्र्र्र्णय गरेको छ।
नेपाल पुलिस क्लबको सुरुवाती ११ मा कप्तान मन्जित श्रेष्ठ, अनिल कुमार साह, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, दिलीप नाथ, सुनिल धमला, ललित भण्डारी, ललित राजवंशी, अमित श्रेष्ठ, पवन सर्राफ र सागर ढकाल रहेका छन्।
कर्णाली प्रदेशको सुरुवाती ११ मा कप्तान रबिन्द्र जंग शाही, प्रकाश जैसी, दिवान पुन, हेमन्त ओली, ललित प्याकुरेल, हिमांशु शाही, बिपिन रावल, टेक सलामी मगर, अनुज चुनारा, यानिस बिक्रम शाही र राज कुमार साह रहेका छन्।
मोरङको ईनरुवा क्रिकेट मैदानमा भईरहेको प्रतियोगितामा सात प्रदेश लगायत बिभागीय टोली एपिएफ क्लब, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब र पाहुना टोली मलेसिया ११ को सहभागिता रहेको छ।
प्रतियोगिताको बिजेताले ४ लाख ५ हजार नगद, उपबिजेताले २ लाख पाचँ हजार नगद तथा सेमिफाईनलमा पराजित हुन् टोलीले ३०–३० हजार पाउने छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५५ हजार प्राप्त गर्नेछन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment