एमएम कपः कुसल भुर्तेल र सुनिल धमलाको अर्धसतकमा कर्णालीलाई बिशाल लक्ष्य

डिसी नेपाल
२३ पुष २०७६ १३:४८

इनरुवा। इनरुवामा जारी मनमोहन मेमोरियल (एमएम) कप एक दिवसीय क्रिकेट प्रतियोगिता अन्र्तगत आजको खेलमा नेपाल पुलिस क्लबले कुशल भुर्तेल र सुनिल धमलाको अर्धशतकमा कर्णाली प्रदेश लाई ३४७ रनको लक्ष्य दिएको छ।

बिहान भएको टसमा कर्णाली प्रदेशले टस जितेर नेपाल पुलिस क्लबलाई ब्याटिङ गर्ने निम्तो दिएको थियो। टस हारेर ब्याटिङमा मैदान प्रवेश गरेको नेपाल पुलिस क्लबले ४९ ओभर ३ बलमा सबै विकेट गुमाएर ३४६ रन बनाएको थियो।

नेपाल पुलिस क्लबका लागी ओपनर सुनिल धमलाले सानदार अर्धसतक प्रहार गर्दै ९५ बलमा ६ चौका र १ छक्काको मद्दतले ७० रन बनाएका थिए। त्यस्तै सातौं नम्बरमा ब्याटिङ गर्न आएका नेपाल पुलिस क्लबका कुसल भुर्तेलल आक्रमक ब्याटिङ गर्दै ४९ बलमा ५ छक्का र ७ चौकाको मद्दतले ७८ रन बनाएका गरेका थिए।

पुलिसका अन्य खेलाडीहरु ओपनर अमित श्रेष्ठ २९, दिपेन्द्र सिंह ऐरी २५, अनिल कुमार साह ३६, दिलीप नाथ १५, पवन सर्राफ १५, मन्जित श्रेष्ठ १८, ललित भण्डारी २७ र ललित राजवंशी अबिजीत ३ रन बनाएका थिए।

बङिमा कर्णाली प्रदेशका लागि रबिन्द्र जंग शाहीले ८ ओभरमा ४० रन दिँदै ३ विकेट, युनिस बिक्रमले सिंह र राज कुमार साहले समान २–२ विकेट, ललित प्याकुरेल १ विकेट लिएका थिए।

मोरङको इनरुवा क्रिकेट मैदानमा भईरहेको प्रतियोगितामा सात प्रदेशलगायत विभागीय टोली एपिएफ क्लब, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब र पाहुना टोली मलेसिया ११ को सहभागिता रहेको छ। प्रतियोगिताको बिजेताले ४ लाख ५ हजार नगद, उपबिजेताले २ लाख पाँच हजार नगद तथा सेमिफाइनलमा पराजित हुन टोलिले ३०–३० हजार पाउने छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५५ हजार प्राप्त गर्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *