एमएम कपः बलिङ र ब्याटिङमा शानदार प्रर्दशन गर्दै नेपाल पुलिस क्लब बिजयी

डिसी नेपाल
२३ पुष २०७६ १५:३३

इनरुवा। इनरुवामा जारी मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्र्तगत समूह बी अन्र्तगत आजको खेलमा नेपाल पुलिस क्लबले शानदार प्रर्दशन गर्दै कर्णाली प्रदेश बिरुद्व २६७ रनको जित हासिल गरेको छ।

इनरुवा क्रिकेट मैदानमा आज भएको खेलमा बिहान टस जितेर कर्णाली प्रदेशले नेपाल पुलिस क्लबलाई ब्याटिङ गर्ने निम्तो दिएको थियो। टस हारेर ब्याटिङमा मैदान प्रवेश गरेको नेपाल पुलिस क्लबले ४९ ओभर ३ बलमा सबै विकेट गुमाएर ३४६ रन बनाएको थियो।

नेपाल पुलिस क्लबका लागि ओपनर सुनिल धमलाले सानदार अर्धशतक प्रहार गर्दै ९५ बलमा ६ चौका र १ छक्काको मद्दतले ७० रन बनाएका थिए। त्यस्तै सातौं नम्बरमा ब्याटिङ गर्न आएका नेपाल पुलिस क्लबका कुसल भुर्तेलले आक्रमक ब्याटिङ गर्दै ४९ बलमा ५ छक्का र ७ चौकाको मद्दतले ७८ रन बनाएका गरेका थिए। पुलिसका अन्य खेलाडीहरु ओपनर अमित श्रेष्ठ २९, दिपेन्द्र सिंह ऐरी २५, अनिल कुमार साह ३६, दिलीप नाथ १५, पवन सर्राफ १५, मन्जित श्रेष्ठ १८, ललित भण्डारी २७ र ललित राजवंशी अबिजीत ३ रन बनाएका थिए ।

बङिमा कर्णाली प्रदेशका लागी रबिन्द्र जंग शाहीले ८ ओभरमा ४० रन दिदै ३ विकेट, युनिस बिक्रमले सिंह र राज कुमार साहले समान २–२ विकेट, ललित प्याकुरेल १ विकेट लिएका थिए।

जवाफी ब्याटिङमा ३४७ रनको लक्ष्य लिएर मैदानमा आएको कर्णाली प्रदेशका खेलाडीहरु नेपाल पुलिस क्लबको घातक बलिङ सामु टिक्न सकेनन्। कर्णाली प्रदेशका लागि राजकुमार शाह २३ रन, टेक सलामी मगर १४ रन, हेमन्त ओली र दिवान पुनले समान १०–१० रन बनाउनु बाहेक अन्य खेलाडीहरुले दोहरो अंक छुन सकेनन्।

कर्णाली प्रदेशलाई सस्तैमा समेटन नेपाल पुलिस क्लबका ललित भण्डारी, मन्जित श्रेष्ठ, र सागर ढकालले समान २–२ विकेट, दिपेन्द्र सिंह ऐरी, पवन सर्राफ, ललित राजवंशी र कुशल भुर्तेलले समान १–१ विकेट लिएका थिए। प्रतियोगिता अन्र्तगत समूह बी को दोस्रो खेल कर्णाली प्रदेश र प्रदेश नम्बर २ बिच हुनेछ।

मोरङको ईनरुवा क्रिकेट मैदानमा भईरहेको प्रतियोगितामा सात प्रदेश लगायत बिभागीय टोली एपिएफ क्लब, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब र पाहुना टोली मलेसिया ११ को सहभागिता रहेको छ ।

प्रतियोगिताको बिजेताले ४ लाख ५ हजार नगद, उपबिजेताले २ लाख पाचँ हजार नगद तथा सेमिफाइनलमा पराजित हुन टोलिले ३०–३० हजार पाउने छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५५ हजार प्राप्त गर्नेछन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *