सन्दीपको टिम मेलबर्नको सहज जित, शीर्ष स्थानमा उक्लियो

डिसी नेपाल
२३ पुष २०७६ १७:४४

एजेन्सी । नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको मेलबर्न स्टार्सले बिग बास लिग (बीबीएल) क्रिकेटमा छैटौं जित निकालेको छ ।

मेलबर्नमा बुधबार भएको खेलमा सिड्नी थन्डरलाई ६ विकेटले पराजित गर्दै मेलबर्नले छैटौं जित निकालेको हो । सिड्नीले दिएको १ सय ४६ रनको लक्ष्य मेलबर्नले १७ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।

मेलबर्नको जितमा ग्लेन म्याक्सवेलले अविजित रहदै ५९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मार्कस स्टोनिसले ५० रनको योगदान दिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको सिड्नीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो ।

सिड्नीका लागि म्याथ्यु गिल्क्सले ४१ रन जोड्दा कलुम फर्गुसनले ३५ रन बनाए । उस्मान ख्वाजाले ३३ तथा एलेक्स हालेसले २६ रन बनाए । मेलबर्नका हरिस राउफले ३ विकेट लिए । सन्दीप भने विकेट विहीन बने ।

सन्दीपले ४ ओभरमा ३९ रन खर्चिए पनि विकेट लिन सकेनन् । यस सिजन सन्दीपले ५ खेलमा ६ विकेट हात पारिसकेका छन् ।

जितसँगै मेलबर्न स्टार्स लिगको शीर्ष स्थानमा उक्लिएको छ । मेलबर्नले ७ खेलमा १२ अंक जोडेको छ। सिड्नी ८ खेलमा ७ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *