नेपालको पासपोर्ट विश्वकै खराब पासपोर्टको सूचीमा

डिसी नेपाल
२३ पुष २०७६ १९:१४

काठमाडौं । नेपालको पासपोर्ट (राहदानी) विश्वकै खराब पासपोर्टको सुचीमा सामेल भएको छ। हेन्ली पासपोर्ट ईन्डेक्सले सार्वजनिक गरेको नयाँ दशकको रिपोर्टमा नेपालको पासपोर्ट १०१ औं स्थानमा परेको छ। जुन सबैभन्दा खराब सुची हो।

नेपाल उत्तर कोरिया र सुडान भन्दा पनि पछि परेको सीएनएन ट्राभलले उल्लेख गरेको छ। उत्तर कोरिया र सुडान १०० औं स्थानमा रहेका छन्। हेन्ली पासपोर्ट ईन्डेक्सले फ्रि–भिसा र अन अराईभल भिसाको आधारमा सूची तयार गरेको हो। जसमा नेपालको पासपोर्टले जम्मा ३८ देशमा मात्र फ्रि–भिसा र अन अराईभल भिसा पाउन सकिने व्यवस्था रहेको छ। नेपालसँगै प्यालेस्टाईन पनि रहेको छ।

सबैभन्दा शक्तिशाली पासपोर्ट जापानको रहेको छ। जापानको पासपोर्टबाट १९१ देशमा फ्रि–भिसा र अन अराईभल भिसा प्राप्त गर्न सकिन्छ।

यी हुन् सबैभन्दा शक्तिशाली पासपोर्ट भएको देशः
१. जापान (१९१ देश)
२. सिंगापुर (१९०)
३. दक्षिण कोरिया, जर्मनी (१८९)
४. ईटाली, फिनल्याण्ड (१८८)
५. स्पेन, लक्जमबर्ग, डेनमार्क (१८७)

यी हुन् सबैभन्दा खराब तथा कमजोर पासपोर्ट भएको देश
१००. उत्तर कोरिया, सुडान (३९ देश)
१०१. नेपाल, प्यालेस्टाईनी क्षेत्र (३८)
१०२. लिबिया (३७)
१०३. यमन (३३)
१०४. सोमालिया, पाकिस्तान (३२)
१०५. सिरिया (२९)
१०६. इराक (२८)
१०७. अफगानिस्तान (२६)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *