बीबीएलमा सन्दीपको जुत्तामा भिजिट नेपालको प्रचार

डिसी नेपाल
२३ पुष २०७६ १९:४८

काठमाण्डौ । अष्ट्रेलियामा बिग ब्याश लिग (बीबीएल) क्रिकेट खेलिरहेका सन्दीप लामिछानेले नेपाल भ्रमण वर्षको प्रचार अनौठो तरिकाले गरेका छन्। बुधबार सिड्नी थण्डर्सविरुद्धको खेलमा सन्दीपले आफ्नो जुत्तामा भिजिट नेपाल २०२० लेखेका थिए।

यस्तै उनले अष्ट्रेलियामा भइरहेको आगलागीलाई पनि समेटेर आफ्नो जुत्ता रङ्ग्याएका छन् । सन्दीप आबद्ध मेलबर्न स्टार्स क्लबले ट्वीट गरेर सन्दीप लामिछानेले अष्ट्रेलिया आगलागीको लागि सहयोग र आफ्नो देश नेपालको भ्रमण वर्षको अभियानमा समर्थन गरेको जनाएको छ ।

मेलबर्न स्टार्सले गरेको ट्वीटमा सन्दीप लामिछानेले एउटा जुत्तामा ‘नेपाल भ्रमण वर्ष २०२०’ लेखेका छन् भने अर्को जुत्तामा ‘बुशफायर हिरोज’ लेखेर नमस्ते गरेका छन् । मेलबर्न स्टार्सले अष्ट्रेलियामा भइरहेको आगलागी पीडितको लागि क्लबको तर्फबाट र खेलाडीको व्यक्तिगत तर्फबाट सहयोग संकलन गरिरहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *