प्रेसिडेन्ट कप सिरिजः भारतीय खेलाडीमाथि जीत निकाल्दै प्रिन्स क्वाटरफाईनलमा

डिसी नेपाल
२३ पुष २०७६ २०:५१

काठमाडौं । प्रिन्स दाहालले ‘प्रथम प्रेसिडेन्ट कप नेपाल जुनियर इन्टरनेशनल सिरिज’मा विजयी शुरुआत गरेका छन् । त्रिपुरेश्वरस्थित कभर्ड हलमा बुधबारदेखि शुरु भएको पुरुष एकलतर्फ प्रिन्सले भारतीय खेलाडी आर विकास प्रभुलाई ३–० सेटले पराजित गरेका हुन् । उनले उक्त खेल २१–१५, ७–२१ र २१–१४ अङ्कले जितेका हुन् । उनि क्वार्टर फाइनलमा प्रवेश गरेका छन् ।

यस्तै नेपालका नरेन्द्र बमले भने भारतका नितिन कुमारबाट ‘वाक ओभर’ पाए । नेपालका जेवी साउद भारतका शिवमकुमार मिश्रसँग २१–१६ र २१–११ अङ्कले पराजित भए । प्रियान्शुसिंह क्षेत्री श्रीलङ्काका दुमिन्दु अवेविक्रसँग २१–१३ र २१–१४ अङ्कले तथा पेम्बा शेर्पा श्रीलङ्काकै दिगायु कहातापितियासित १७–२१, २१–८ र २२–२० अङ्कले पराजित भए ।

नेपालकै गोकुल जोरा भारतका अभिन वशिष्ठसँग २१–९ र २१–९ अङ्कले अमृत चौधरी भारतका आयान रशिदसित २१–८ र २१–७ अङ्कले हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिए ।

यसैगरी महिलातर्फ नेपाली खेलाडीले पहिलो चरण पार गर्न सकेनन् । नेपालकी प्रसुना खत्री मलेसियाकी श्रन्या कबिलानसित २१–१० र २१–९ अङ्कले, बिस्ना बिष्ट भारतकी अनुपमा उपाध्यायसित २१–४ र २१–६ अङ्कले पराजित भए । उक्त प्रतियोगिताको युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले उद्घाटन गरेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *