इकार्डीको ह्याट्रिकसँगै पिएसजी कोपाको सेमिफाइनलमा

डिसी नेपाल
२४ पुष २०७६ ८:२३

काठमाडौँ । पिएसजी लिग वान कोपाको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराती सम्पन्न क्वाटरफाइनलको खेलमा पिएसजीले सेन्ट एटिन्नेलाई ६-१ गोल अन्तरले पराजित गरेको थियो ।

पिएसजीको जितमा अर्जेन्टिनी स्ट्राइकर माउरो इकार्डीले ह्याट्रिक गरेका थिए । त्यस्तै नेइमार र एम्बाप्पेले एक एक गोल गरेको यस खेलमा एक गोल सेन्ट एटिन्नेका जेसी मोउलिनले आत्मघाती गोल गरेका थिए ।

त्यस्तै सेन्ट एटिन्नेका लागि एक गोल योहान काबायेले गरेका थिए । यस खेलमा खेलको ३१औ मिनेटमा वेसली फोफानाले रातो कार्ड पाउदा सेन्ट एटिन्ने १० खेलाडीमा सिमित भएको थियो । यो सँगै पिएसजी, लियोन, लिली र स्टेड रेइम्स कोपा लिग वानको सेमिफाइनलमा पुगेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *