रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा, उपाधि भिडन्त बार्सिलोनासँग पर्ने सम्भावना

डिसी नेपाल
२४ पुष २०७६ ८:३३

काठमाडौँ । रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा पुगेको छ । गएराती सम्पन्न सेमिफाइनलमा भलेन्सियालाई ३-१ गोल अन्तरले पराजित गर्दै रियल मड्रिड फाइनलमा पुगेको हो ।

साउदी अरबमा सम्पन्न खेलमा रियलको जितमा टोनी क्रुज, इस्को र लुका मोड्रीचले एक एक गोल गरेका थिए । त्यस्तै भलेन्सियाका लागि एक गोल डानी परेजोले पेनाल्टी मार्फत गरेका थिए ।

रियलका लागि टोनी क्रुजले कर्नरबाट उत्कृष्ट गोल गरेका थिए । आफ्ना प्रमुख खेलाडीहरु इडेन हजार्ड, करिम बेन्जमा र ग्यारेथ बेल बिना खेलेको रियलले भलेन्सियामाथि सहज जित हासिल गरेको छ ।

अब बार्सिलोना र एटलेटीको मड्रिड बीचको विजेतासँग रियल मड्रिड फाइनलमा उपाधिका लागि आइतबार नै खेल्ने छ । बार्सिलोना र एटलेटिकोबिचको सेमिफाइनल खेल आज राति १२ : ४५ मा हुदै छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *