एमएम कपः कर्णाली प्रदेशले टस जिटेर ब्याटिङ गर्दै

डिसी नेपाल
२४ पुष २०७६ ९:५७

इनरुवा । इनरुवामा जारी दोस्रो संस्करणको मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्र्तगतको समूह ‘बी’को दोस्रो खेलमा आज कर्णाली प्रदेश र प्रदेश नम्बर २ भिड्दै छन । इनरुवा क्रिकेट मैदानमा आज हुने खेलमा कर्णाली प्रदेशले टस जितेर गर्ने निर्णय गरेको छ ।

प्रदेश नम्बर २ का लागी सुरुवाती ११ मा कप्तान मेहबुब आलम, हासिम अंसारी, कुमार थापा, सुरज पटेल, हरि शंकर साह, सुधिर चौधरी, बिशाल सुलिङ, राहुल प्रताप सिंह, बिवेक यादब, आदिल अन्सारी र सम्साद शेख रहेका छन ।

कर्णाली प्रदेशको सुरुवाती ११ मा कप्तान रबिन्द्र जंग शाही, प्रकाश जैसी, दिवान पुन, ललित प्याकुरेल, बिपिन रावल, टेक सलामी मगर, अनुज चुनारा, यानिस बिक्रम शाही, दिनेश अधिकारी, बिजय बिष्ट र राज कुमार साह रहेका छन ।

मोरङको इनरुवा क्रिकेट मैदानमा भईरहेको प्रतियोगितामा सात प्रदेश लगायत बिभागीय टोली एपिएफ क्लब, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब र पाहुना टोली मलेसिया ११ को सहभागिता रहेको छ ।

प्रतियोगिताको बिजेताले ४ लाख ५ हजार नगद, उपबिजेताले २ लाख पाचँ हजार नगद तथा सेमिफाईनलमा पराजित हुन टोलिले ३०–३० हजार पाउने छन । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५५ हजार प्राप्त गर्नेछन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *