विभिन्न मुद्दामा फरार २ जना पक्राउ

डिसी नेपाल
२४ पुष २०७६ ९:५९

राजविराज । विभिन्न मुद्दाका दुई जना फरार प्रतिवादीलाई प्रहरीले सप्तरीको डाक्नेश्वरीबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ का ३८ वर्षीय बलराम मेहता र सोही ठाउँका ५९ वर्षीय मुनर यादव रहेका छन्।

सुरक्षा बेस क्याम्प पत्थरगढाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए।

पक्राउ परेका मेहता शिक्षासम्बन्धी मुद्दामा र यादव कुटपिट मुद्दामा फरार रहेका थिए।

आफ्नै गाउँघरमा लुकिछिपि बस्दै गरेको अवस्थामा दुबै जनालाई बुधबार पक्राउ गरी जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *