एमएम कपः हसिम अंसारीको अर्धशतकमा प्रदेश नम्बर २ को शानदार जित

डिसी नेपाल
२४ पुष २०७६ १४:०५

इनरुवा । इनरुवामा जारी दोस्रो संस्करणको मनमोहन मेमोरियल (एमएम) कप एकदिबसीय क्रिकेट प्रतियोगिता अन्र्तगतको समुह बि को दोस्रो खेलमा प्रदेश नम्बर २ ले आठ विकेटको शानदार जित हासिल गरेको छ ।

ईनरुवा क्रिकेट मैदानमा आज भएको खेलमा कर्णाली प्रदेश टस जितेर ब्याटिङ गर्दै ३१ ओभर ५ बलमा अलआउट हुदै १२९ बनाउदै प्रदेश नम्बर २ लाई १३० रनको लक्ष्य दिएको छ ।

कर्णाली प्रदेशका लागी कप्तान तथा ओपनर रबिन्द्र जंग शाहि कुमार थापाको बलमा राहुल प्रताप सिंहको हातबाट क्याच आउट हुनु अगाडी ६८ बलमा ४६ रन बनाएका थिए । अन्य खेलाडि हरुमा बिपिन रावल १०, बिजय बिष्ट १, टेक सलामी मगर ५, प्रकाश जैसी १५, दिनेश अधिकारी ३, ललित प्याकुरेल ३, दिवान पुन र यानिस बिक्रम शाही १ र अनुज चुनाराले १ रन बनाएका थिए ।

प्रदेश नम्बर २ का लाागि बलिङमा मेहबुब आलम ३, आदिल अन्सारी र हरि शंकर साहले समान २–२ विकेट, कुमार थापाले १ विकेट लिएका थिए ।

जवाफि ब्याटिङ प्रदेश नम्बर २ का लाागि हसिम अंसारीले अर्धसतकिय पारी खेल्दै ७३ बलमा ११ चौका र १ छक्काको मद्दतले अबिजीत ८० रन बनाउदै टिमलाई जित दिलाएका थिए । प्रदेश नम्बर २ का अन्य खेलाडिहरु सुधिर चौधरी २, हरि शंकर साह ५ र सुरज पटेलले ५० बलमा ३३ रन बनाएका थिए ।

कर्णाली प्रदेशका लागी बलिङमा अनुज चुनारा र दिनेश अधिकारीले समान १–१ विकेट लिएका थिए । प्रतियोगितामा शुक्रबार समुह बि को दोस्रो खेलमा नेपाल पुलिस क्लब र प्रदेश नम्बर दुई भिडनेछ ।

मोरङको ईनरुवा क्रिकेट मैदानमा भईरहेको प्रतियोगितामा सात प्रदेश लगायत बिभागीय टोली एपिएफ क्लब, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब र पाहुना टोली मलेसिया ११ को सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले ४ लाख ५ हजार नगद, उपबिजेताले २ लाख पाचँ हजार नगद तथा सेमिफाईनलमा पराजित हुन टोलिले ३०–३० हजार पाउने छन । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५५ हजार प्राप्त गर्नेछन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *