एमएम कप खेल्ने मलेसिया–११ को टोली नेपालमा

डिसी नेपाल
२४ पुष २०७६ १८:४५

काठमाडौं । सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन मलेसिया–११ नेपाल आई पुगेको छ । मलेसिया–११ बिहीबार दिउँसो नेपाल आईपुगेको हो ।

मलेसिया–११ लाई मनमोहन मेमोरियल क्रिकेट सेन्टरका प्रमुख ठाकुर गैरेले स्वागत गरेका थिए । मलेसिया–११ ग्रुप डी मा छ । मलेसिया–११ टोलीमा सुदुरपश्चिम र गण्डकी प्रदेश छन् । मलेसिया ११ ले पुष २६ मा सुदूरपश्चिम र पुष २८ मा गण्डकीसँग खेल्ने छ । समुह विजेता सेमिफाइनलमा पुग्ने छ ।

मलेसिया–११ ले माघ ५ देखी १० सम्म पोखरा रंगशालामा माघ २२ देखि २९ सम्म कीर्तिपुर क्रिकेट मैदानमा हुने ओमान र अमेरिकासँगको त्रिकोणात्मक सिरिजको लागि पोखरा बन्द प्रशिक्षणमा रहेका २४ खेलाडी सम्मिलित क्यान ११ सँग तीन एकदिवसिय अभ्यास खेल्ने कार्यतालिका छ ।

मलेसिया कप्तान तथा भरपर्दा ब्याट्सम्यान अहमद फैज मोहम्मद नुरले मलेसिया(११ को कप्तानी गर्ने छन् । गत जुलाईमा नेपालसँगको पहिलो टि ट्वान्टी आई खेलमा ५७ रन प्रहार गर्ने विरनदीप सिंह मलेसिया–११ छन् ।

गत जुलाईमा दुई टि ट्वान्टी सिरिजमा नेपालविरुद्ध खेलेका ६ खेलाडी मलेसिया ११ मा छन् । विरनदीपसँगै, पवनदीप सिंह, सैद अजिज, कप्तान मोहम्मद नुर, शार्विन मुनियन र मोहम्मद अनवारले नेपालविरुद्धको दुई टि ट्वान्टी सिरिज खेलेका थिए ।मलेसिया–११ शुक्रबार बिहान इनरुवा पुग्ने छ ।

मलेसिया–११ टोली ः अहमद फैज मोहम्मद नुर (कप्तान), विरनदीप सिंह, भुषण विलास, शार्विन मुनियन, सैयद अजीज, मोहम्मद आरिफ जमालुद्दीन, सुहरिल बुत बिन शुएब, मोहम्मद नाज़िल रहमान, पवनदीप सिंह, मुहम्मद अनवर रहमान, आइनूल हकीम, विजय उन्नी, धिवेन्द्रन मोगन र मुहम्मद हाफिज खैर ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *