न्यू डाइमण्ड कप : पुलिस क्लब र न्यू डायमण्ड सेमिफाइनलमा
काठमाडौँ । नेपाल पुलिस क्लब र आयोजक न्यू डायमण्ड यहाँ जारी होङ्गवान्जी न्यू डाइमण्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल क्लबको खेल मैदानमा बिहीबार भएको खेलमा पुलिसले ढोरपाटन क्लबलाई ३–० सेटले पराजित गरेको हो।
पुलिसले ढोरपाटनमाथि २५–१२, २७–२५ र २५–१० अङ्कको जित निकाल्यो ।
यस्तै डायमण्डले पनि ढोरपाटन क्लबलाई २५–५, २५–१२ र २५–११ अङ्कले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । पुलिस र डायमण्डबीचको आज हुने खेलले समूह ‘बी’ को विजेताको टुङ्गो लाग्ने छ।
यस्तै बिहीबार समूह ए मा रहेको त्रिभुवन आर्मी क्लब र पोखरा टप्स माविबीच भएको खेलमा आर्मी ३–० सेटले विजयी भयो ।
आर्मीले पोखरा टप्सलाई २५–१३, २५–१६ र २५–७ अङ्कले हरायो। आर्मी र एपीएफबीचको खेल भने वर्षाका कारण हुन सकेन् ।
पुलिस क्लब र न्यू डायमन्डबीच तथा पारामाउण्ट र एपीएफ क्लबबीच आज खेल हुने आयोजक संस्थाले जनाएको छ ।
अर्को खेल आर्मी र पारामाउण्टबीच हुनेछ । लिग कम नकआउटका आधारमा सञ्चालन भइरहेको प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।
समूह ‘ए’मा एपीएफ, पोखरा टप्स, त्रिभुवन आर्मी क्लब र पारा माउन्ड तथा समूह ‘बी’मा आयोजक न्यू डायमण्ड, ढोरपाटन क्लब र नेपाल पुलिस क्लब छन्।
विजेता टोलीले रु चार लाख १०१, उपविजेताले रु तीन लाख १०१, तेस्रो हुनेले रु एक लाख ५१ हजार १०१ तथा चौथोले रु ५१ हजार १०१ पुरस्कार प्राप्त गर्नेछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment