हेटौंडामा सुमार्गी मेमोरियल टि ट्वान्टी क्रिकेट हुने

डिसी नेपाल
२५ पुष २०७६ २०:१९

हेटौडा । मकवानपुर क्रिकेट एसोसियनको आयोजना र हेटौडा एकेडमी आवासिय माविको प्रायोजनामा पुस २६ देखि माघ ५ गतेसम्म हेटौडाको हुप्रा चौरमा ‘छैठौ माधवराज सूर्मागी मेमोरियल टि २० क्रिकेट’ प्रतियोगिता हुने भएको छ।

प्रतियोगितामा मकवानपुर क्रिकेट क्लब, महाबीर क्रिकेट क्लब, कलैया क्रिकेट क्लब (बारा), युनाईटड क्रिकेट क्लब (पर्सा), नुवाकोट क्रिकेट क्लब (नुवाकोट), चितवन क्रिकेट क्लब (चितवन), नेक्सस क्रिकेट एकेडमी (काठमाडौं) र आयोजक मकवानपुर क्रिकेट एकेडमीको सहित कुल ८ टिमको सहभागीता रहने आयोजकले जनाएको छ ।

प्रतियोगीताको बिजेताले नगद रु ४० हजार तथा उपबिजेताले नगद रु २० हजार प्राप्त गर्ने प्रतियोगिताका संयोजक एवम क्रिकेट एसोसिन अफ नेपाल प्रदेश नम्बर ३ का उपाध्यक्ष प्रेम क्षेत्रीले जानकारी गराएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *