सुदूरपश्चिममा प्रदेश स्तरीय बुद्धिचाल प्रतियोगिता सुरु

डिसी नेपाल
२६ पुष २०७६ ७:०४

धनगढी । ‘चेस खेलौँ बढाऔँ मित्रताको भावना, भ्रमण वर्ष सफल पारौँ यही हाम्रो चाहना’ भन्ने मूल नाराका साथ शुक्रबार यहाँ प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता शुरु भएको छ।

कैलाली जिल्ला बुद्धिचाल सङ्घको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत पहिलो दिन विभिन्न तीन समूहको लिग चरणका खेल सम्पन्न भएका छन्।

यो प्रतियोगिता विभिन्न तीन विधामा भइरहेको बुद्धिचाल सङ्घका केन्द्रीय सदस्य धनबहादुर बोगटीले बताए ।

प्रतियोगिताअन्तर्गतको खुला प्रतिस्पर्धातर्फ पहिलोदेखि सातौँ स्थान हासिल गर्नेलाई पुरस्कारस्वरुप क्रमशः रु २५ हजार, रु १५हजार, रु १० हजार, रु सात हजार, रु पाँच हजार, रु तीन हजार र रु दुई हजार प्रदान गर्न गरिनेछ।

यस्तै विद्यार्थीतर्फको खेलमा पहिलोदेखि तेस्रो स्थान प्राप्त गर्नेलाई क्रमशः पाँच, तीन, र दुई हजार तथा चौथौ र पाँचौँ स्थान हासिल गर्नेलाई एक/एक हजार पुरस्कार प्रदान गरिनेछ।

महिलातर्फको खेलमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः पाँच, तीन र दुई हजारको पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका ७० खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्।

प्रदेशसभा सदस्य पूर्णा जोशीले उक्त प्रतियोगिताको उद्घाटन गरेका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *