२२ सुकुम्बासी परिवारको घर भत्काउन लागेको डोजर मेयरले रोकिदिए

डिसी नेपाल
२६ पुष २०७६ १४:३५

जनकपुर। धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दासले २२ सुकुम्बासी परिवारको घर भत्काउन गएको डोजरलाई रोकिदिएका छन् । नगरपालिकाको वडा नम्बर १ ठाडीझिजाको सुकुम्वासी बस्तीमा डोजर चलाउन लागिएकोमा मेयर दासले सुकुम्वासीहरुको व्यवस्थापनविना बस्ती खाली गराउन नहुने अडान लिएपछि बस्ती उजाडिनबाट जोगिएको हो।

कुल २२ सुकुम्वासी परिवारको बसोबास रहँदै आएको सो बस्ती जिल्ला अदालत धुनुषाको आदेशमा खाली गर्न लागिएको थियो। शनिबार बस्ती खाली गर्नका लागि जिल्ला अदालतको टोली प्रहरी प्रशासनसहित डोजर लिएर पुगेपछि बस्तीमा त्रास छाएको थियो।

डोजर र प्रहरी प्रशासन पुगेपछि भएको सर्वपक्षीय छलफलमा मेयर दासले सुकुम्बासीको व्यवस्थापन विना बस्ती खाली गर्न नहुने बताएका थिए। उनले सुकुम्वासीको व्यवस्थापनको अडान लिएपछि तत्कालका लागि डोजर चलाउने कार्य रोकिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *