बार्सिलोनाका प्रशिक्षक अर्नेष्टो भालभर्दे बर्खास्त, यी हुन् नयाँ प्रशिक्षक

डिसी नेपाल
२९ पुष २०७६ ११:१४

काठमाडौँ । स्पेनिस ला लिगा क्लब बार्सिलोनाले आफ्ना प्रशिक्षक अर्नेष्टो भालभर्देलाई बर्खास्त गरेको छ । बार्सिलोनाले भालभर्देसँगको सम्झौता तोड्दै उनलाई क्लबको प्रशिक्षकबाट हटाएको जनाएको छ । २०१७ मे मा बार्सिलोनाको प्रशिक्षक बनेका भालभर्देलाई बार्सिलोनाको अघिल्लो साता सुपरकप सेमिफाइनलमा एटलेटिकोसँग अप्रत्याशित हारपछि क्लबले एक्सन लिदै हटाएको छ ।

उनले बार्सिलोनाका लागि अहिलेसम्म १४५ खेलमा प्रशिक्षकको भूमिका निभाएका छन् । जसमा ९७ जित ३२ बराबरी र १६ हार बेहोरेका छन् । बार्सिलोनासँग उनले दुई सिजन ला लिगा, एक कोपा डेल रे र २०१८ को सुपर कप जितेका थिए ।

बार्सिलोनाले भालभर्देलाई हटाएर उनको ठाउमा क्यूइक्यू सेटीएनलाई नयाँ प्रशिक्षक नियुक्त गरेको छ । बार्सिलोनाका पुर्व खेलाडी जाभीलाई कोच बनाउने हल्लाका बीच बार्सिलोनाले रियल बेटिसका पुर्व कोचलाई ल्याएको छ । उनलाई २०२२ को अन्त्यसम्मका लागि बार्सिलोनाको कोच बनाइएको छ । ६१ बर्षिय सेटीएनले लास पलमाज र रियल बेटिस क्लबको कोचको रुपमा निकै सफल भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *