जन्मदिनमा धुर्मुस–सुन्तली फाउण्डेसनलाई आर्थिक सहयोग

डिसी नेपाल
२९ पुष २०७६ १२:४९

सुर्खेत। नेपाल तरुण दलका सुर्खेत जिल्ला अध्यक्ष एवं कलाकार हरि विष्टले जन्मदिनका अवसरमा धुर्मुस–सुन्तली फाउण्डेसनलाई ५१ हजार १११ रुपैयाँ सहयोग गरेका छन्।

उनले फाउण्डेसनद्वारा चितवनमा निर्माणाधीन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको सहयोगार्थ उक्त रकम प्रदान गरेका हुन्।

उनले जन्मदिनका अवसरमा होटलमा फजूल खर्च गर्नुभन्दा विकास निर्माणमा लगानी गर्न उपयुक्त लागेको बताए।

फाउण्डेसनको बैँक खातामा सो रकम जम्मा गरेको कलाकार विष्टले जानकारी दिए। साथै, उनले सुर्खेत उद्योग वाणिज्य सङ्घको व्यावसायिक राहत अक्षयकोषलाई पनि सहयोगस्वरुप ५१ हजार १११ रुपैयाँ प्रदान गरेका छन्।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *