यी हुन् बसभित्रै हस्तमैथुन गरेर युवतीको कपालमा वीर्य फाल्ने व्यक्ति, १ वर्षपछि समातिए

डिसी नेपाल
२९ पुष २०७६ १३:४९

काठमाडौं । १ वर्षअघि सार्वजनिक बसभित्रै हस्तमैथुन गरेर अगाडिको सिटमा बसेकी युवतीको कपालमा वीर्य फाल्ने र त्यसको भिडियो सामाजिक संजालमा अपलोड गर्ने व्यक्ति पक्राउ परेका छन् । प्रहरीले आज उनलाई सार्वजनिक गरेको छ । उनलाई एक वर्षसम्मको अनुसन्धानपछि प्रहरीले अहिले पक्राउ गरेको हो । यी युवक रविन रुचाल हुन् । उनलाई सोमबार चितवनबाट पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार घटनापछि रबिन भारतका विभिन्न शहरमा लुकेर बस्दै आएका थिए । चितवन भरतपुर घर भएका रबिन घटनाको समयमा काठमाडौंको बानेश्वरमा बस्थे । उनले सामाजिक संजालमा भिडियो पोस्ट गर्नासाथ भाइरल भएको थियो । भिडियो भाइरल भएसँगै उनी भारतमा लुकेर बसेका थिए । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले भारतमा लुकेर नेपाल फर्किए लगत्तै आरोपी रुचालालाई चितवनबाट पक्राउ गरेको बताए । एसएसपी थापाका अनुसार २४ बर्षीया रुचालले २०७५ साउनमा खिचेको भिडियो त्यसको ६ महिनापछि पोस्ट गरेका थिए । चितवनको भरतपुर महानगरपालिका–२४ का स्थायी बासिन्दा रबिनले पैसा कमाउने उद्देश्यले भिडियो खिचेको बयान दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *