आर्चरलाई दुर्व्यवहार गर्ने समर्थकलाई प्रतिबन्ध

डिसी नेपाल
२९ पुष २०७६ १६:१०

एजेन्सी । इंग्ल्याण्डका फास्ट बलर जोफ्रा आर्चरलाई रंगभेदी दुर्व्यवहार गर्ने एक क्रिकेट समर्थकलाई २ वर्षको प्रतिबन्ध लागेको छ ।

न्युजिल्यान्ड क्रिकेटले आर्चरलाई दुर्व्यवहार गर्ने समर्थकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट हेर्न दुई वर्षको प्रतिबन्ध लगाएको हो । उनले अब दुई वर्षसम्म न्युजिल्यान्डमा हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल मैदानमा गएर हेर्न पाउने छैनन् ।

गत नोभेम्बरमा न्युजिल्यान्डविरुद्धको पहिलो टेष्ट दौरान ती व्यक्तिले आर्चरलाई दुर्व्यवहार गरेका थिए । २८ वर्षीय ती व्यक्तिको नाम भने गोप्य राखिएको छ । टेष्ट अन्तिम दिन समर्थकले दुर्व्यवहार गरेपछि आर्चरले प्रहरीमा रिपोर्ट गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *