स्थानीय तहसँग समन्वय गर्ने : मुख्यमन्त्री राई

डिसी नेपाल
२९ पुष २०७६ १६:५२

विराटनगर । प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले सञ्चालन गर्ने योजनामा स्थानीय तहसँग समन्वय गरेर अघि बढ्ने बताएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आयोजित ‘प्रदेश समन्वय परिषद्को तेस्रो बैठक’ को आज समापन अवसरमा उनले भने, “सङ्घीय सरकारको ठूला, प्रदेशको मझौला र स्थानीय तहको सानो योजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्छ ।”

मुख्यमन्त्री राईले अगामी २०७८ हुने राष्ट्रिय जनगणना र नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन स्थानीय तहले अहम भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिदैं योजनाहरुको अनुगमन प्रभावकारी ढङ्गले गर्न एउटा सशक्त समिति बनाउने जानकारी दिए।

आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले राजश्वबिना सरकार सञ्चालन गर्न नसकिने हुँदा यसको दायरा फराकिलो पार्नुपर्नेमा जोड दिदैं स्थानीय तहले कानून बनाएर कर उठाउनुपर्ने सुझाव दिए।

दुई दिने सो बैठकमा प्रदेशभरिका स्थानीय तहका अध्यक्ष एवं उपाध्यक्ष, जिल्ला समन्वय समितिका संयोजक र प्रशासकीय अधिकृतको सहभागिता थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *