आफ्नो कोचबाट बर्खास्त गरिएका भालभर्देलाई मेस्सीले पठाए यस्तो सन्देश

डिसी नेपाल
१ माघ २०७६ ९:४७

काठमाडौँ । लियोनेल मेसीले बर्खास्तमा परेका आफ्ना कोच अर्नेष्टो भाल्भर्देलाई बिदाई संदेश लेखेका छन् । मेसीले भाल्भर्देलाई आगामी दिनका लागि शुभकामना दिदै ‘टप प्रोफेशनल र टप पर्सन’भनेका छन् ।

मेसीले भनेका छन् – सबैचीजका लागि धन्यवाद गाफ़र, म निश्चित छु की जँहा गएपनि तपाइँसँग राम्रो हुने छ । किनकी तपाइँ टप प्रोफेशनल र उत्कृष्ट व्यक्ति हुनुहुन्छ ।’

त्यस्तै भाल्भर्देले पनि बार्सिलोनाका फ्यान र खेलाडीहरुलाई औपचारिक संदेश दिदै बार्सिलोनामा बिताएका रोमान्चक साढे २ बर्षमा उपाधि र ट्रफी जितेर खुशी मनाएको तथा मुश्किल समयको स्मरण गरेका छन् ।

उनले बार्सिलोनाका अध्यक्ष, खेलाडी र फ्यानहरुलाई आफुलाई अवसर दिएकोमा धन्यवाद दिएका छन् । यसै बीच बार्सिलोनाले नयाँ कोच क्वेक्वेइन सेटीएनलाई मिडियासामु प्रस्तुत गरेको छ । उनको नेतृत्वमा बार्सिलोनाले पहिलो खेल ला लिगा अन्तर्गतको खेलमा आगामी आइतबार ग्राण्डाविरुद्ध खेल्दै छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *