ईपीएलः सन्दीपले काठमाडौंबाट खेल्ने

डिसी नेपाल
१ माघ २०७६ १६:१६

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट काठमाडौं किङ्सबाट खेल्ने भएका छन् ।

आयोजक ईपीएलले बुधबार नेपाली ग्लोबल आइकन सन्दीपले काठमाडौंबाट खेल्ने पक्का भएको जनाएको छ । काठमाडौं पूर्व कप्तान विनोद दासको प्रशिक्षणमा रहने छ ।

गत सिजन सन्दीपले च्याम्पियन टिम ललितपुर प्याट्रीयट्सबाट खेलेका थिए । तर, सन्दीप बीचमा ईपीएल छाडेर बिग बास लिग खेल्ने अष्ट्रेलिया गएका थिए ।

गत सिजन सन्दीपले ललितपुरबाट २ खेलमा ३ विकेट लिएका थिए । यस संकरणको ईपीएल चैत १ देखि १५ गतेसम्म हुनेछ ।

यस संकरणमा विश्व क्रिकेटका हस्तीहरु हसिम अमला, मोहमद साहजाद, उपुल थरंगा, लियाम प्लनकेट, ड्वाने स्मिथ जस्ता खेलाडीले खेल्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *