आईसीसी क्रिकेटर ‘अफ दि इयर’को उपाधि बेन स्टोक्सलाई

डिसी नेपाल
१ माघ २०७६ १६:४०

एजेन्सी । इंग्ल्यान्डका विश्वकप विजेता क्रिकेटर बेन स्टोक्स आईसीसीको वर्ष खेलाडी चुनिएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले बुधबार स्टोक्सलाई आईसीसी मेन्स क्रिकेटर अफ दि इयर घोषणा गरेको हो ।

इंग्ल्यान्डका विश्वकप हिरो स्टोक्सले पहिलोपटक वर्ष खेलाडी अवार्ड जितेका हुन् । स्टोक्सको उच्च प्रदर्शनले इंग्ल्यान्डले घरेलु मैदानमा भएको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको थियो । फाइनलमा इंग्ल्याण्डले न्युजिल्याण्डलाई हराएको थियो ।

स्टोक्सले विश्वकपमा ४६५ रन बनाएका थिए । रोमान्चक फाइनलमा उनले अविजित ८५ रन बनाएका थिए । स्टोक्स फाइनलमा प्येलर अफ दि म्याच समेत बनेका थिए ।

यस्तै भारतीय कप्तान विराट कोहलीले स्प्रिट अफ क्रिकेट अवार्ड हात पार्दा भारतकै रोहित शर्माले एकदिवसीय क्रिकेटर अफ दि इयर अवार्ड हात पारे । टेष्ट क्रिकेटर अफ दि इयर अवार्ड अष्ट्रेलियाका पाट कमिन्सले जित्दा अष्ट्रेलियाकै मार्नुसले इमर्जिङ क्रिकेटर अफ दि इयर हात पारे ।

यस्तै अम्पायर अफ दि इयर अवार्ड इंग्ल्यान्डका रिचार्ड लिङवोर्थले जिते भने एसोसियट प्लेयर अफ दि इयर अवार्ड स्कटल्याण्डका केली कोट्जरले हात पारे । भारतका दिपक चाहरले टी–ट्वान्टी पर्फमेन्स अवार्ड जिते ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *