मेलबर्नको बलिङसामु पर्थको ब्याटिङ धरासायी
एजेन्सी । नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको मेलबर्न स्टार्सले बिग बास लिग (बीबीएल) क्रिकेटमा अहिले पर्थ स्कोर्चससँग प्रतिस्पर्धा गरिरहेको छ ।
पर्थमा मेलबर्नविरुद्ध घरेलु टोलीले पहिले ब्याटिङ गरिरहेको पर्थ ८६ रनमै समेटिएको छ। पर्थलाई सस्तैमा समेट्न स्टार्सका ज्याक्सन कोलम्यानले ३ विकेट तथा सन्दीपले २ विकेट लिए। पर्थका जोस ईंग्लिसले ३७ तथा केमरन बेनक्राफ्टले १० रन बनाए भने अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो रन बनाउन सकेनन्।
आफ्नो सुरुवाती दुई ओभरमा विकेट लिन नसकेका सन्दीपले तेस्रो ओभरको तेस्रो र चौथो बलमा उनले विकेट लिएका हुन् । सन्दीपले मेडन ओभर बलिङ गर्दै २ विकेट लिएका हुन् । उनले ३ ओभरमा बलिङ गर्दै एक मेडनसहित ७ रन खर्चिएर २ विकेट लिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment