१७ हजार होइन ५ हजार मारेको जिम्मा लिन्छु : प्रचण्ड
काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीले चलाएको शसस्त्र द्वन्द्वका क्रममा मारिएका १७ हजार मानिसको जिम्मा आफुले नलिने बताएका छन्।
बुधबार राजधानी काठमाडौंको टुँडिखेलमा आयोजित माघी महोत्सवको प्रमुख वक्ताका रुपमा निम्त्याइएका प्रचण्डले आफुमाथि बारम्बार १७ हजार मानिस मारेको आरोप लाग्ने गरेको भन्दै त्यसको स्पष्टीकरण दिएका हुन्। उनले भनेका छन्, ‘म १७ हजारको होइन ५ हजारको जिम्मा लिन्छु।’
प्रचण्डभन्दा अघि बोलेका वक्ताहरुले प्रण्डले १७ हजार मानिस मारेको भनेपछि बोलेका प्रचण्डले भने, ‘मलाई धेरै साथीहरुले बाहिर पनि भन्नुहुन्छ, त्यसको तथ्यांक सच्याउन चाहन्छु। त्यो के भने मलाई भन्ने गरिन्छ, १७ हजार मारेर आएको । साथीहरु यो सत्य होइन । यो सत्य होइन, सत्य के हो भन्न दिनुस् । हिजोका सामन्त राजाहरुले १२ हजार मारेका हुन्। मलाई ५ हजारको म जिम्मा दिनुहुन्छ भने म लिन्छु।’
माओवादी द्वन्द्वका क्रममा तत्कालीन विद्रोही माओवादी र राज्य पक्षबाट सुरक्षाकर्मी, विद्रोही र सर्वसाधारण गरेर १७ हजार मानिसको मृत्यु भएको तथ्यांक छ। आफुले हिंसा नमच्चाएको बताउने गरेका प्रचण्डले पहिलो पटक आफुले मारेका मानिसहरुको संख्याबारे स्वीकार गरेका हुन्। उनले लिने भनेको ‘जिम्मेवारी’ के हो त्योबारे भने केही खुलाएनन्।
कार्यक्रममा प्रचण्डले भने, ‘तर हिजोको राज्यले मारेको १२ हजारको कुरा नहुने, त्यो पनि मेरै टाउकोमा हालियो भने न्याय हुँदैन। मैले सधैं भन्ने गरेको छु, हिजोको युद्धमा भएका राम्रा नराम्रा काममा म जिम्मेवारी लिन्छु। म त्यसबाट भाग्ने हुनै सक्दैन। तर नगरेको कामाको दोष पनि मलाई थुपार्नु भएन।
No ads found for this position

डिसी नेपाल
Facebook Comment