टोटेनहमले भित्र्यायो बेन्फिकाका खेलाडी

डिसी नेपाल
१ माघ २०७६ १९:५६

एजेन्सी । इन्ग्लिश क्लब टोटेनहमले पोर्चुगिज मिडफिल्डर गेडसन फर्नान्डेसलाई अनुबन्ध गरेको छ ।

टोटेनहमले फर्नान्डेसलाई पोर्चुगिज क्लब बेन्फिकाबाट लोनमा अनुबन्ध गरेको हो । टोटेनहमले २१ वर्षे फर्नान्डेसलाई १८ महिनाको लागि क्लबमा अनुबन्ध गरेको हो ।

यस्तै बेन्फिकाले टोटेनहमलाई स्थाई अनुबन्धको अवसर समेत दिएको छ । फर्नान्डेसले गत सिजन बेन्फिकाबाट लिगको पोर्चुगिज लिग जितेका थिए । फर्नान्डेसले गत सिजन ५३ खेलमा २ गोल गरेका थिए ।

मुख्य प्रशिक्षक जोसे मोरिन्हो क्लबमा आएपछि टोटेनहमले पहिलो खेलाडीको रुपमा फर्नान्डेसलाई अनुबन्ध गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *