वेष्ट ह्यामले भित्र्यायो आयरल्याण्डका गोलकिपर रान्डोल्फलाई

डिसी नेपाल
१ माघ २०७६ २२:३२

एजेन्सी । इन्ग्लिश प्रिमियर लिग क्लब वेष्ट ह्यामले आयरल्याण्डका गोलकिपर डरेन रान्डोल्फलाई अनुबन्ध गरेको छ ।

लण्डन क्लब वेष्ट ह्यामले ३२ वर्षे गोलकिपर रान्डोल्फलाई च्याम्पियनसिप क्लब मिडल्सबर्गबाट ४ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो ।

रान्डोल्फले वेष्ट ह्यामसँग साढे तीन वर्षको सम्झौता गरेका छन् । रान्डोल्फ दुई वर्षपछि पुनः वेष्ट ह्याम फर्किएका हुन् ।

यस अघि वेष्ट ह्यामबाट रान्डोल्फले २०१५ देखि २०१७ सम्म खेलेका थिए । जसमा रान्डोल्फले ४२ खेल खेलेका थिए । मिडल्सबर्गबाटउनले ११० खेल खेलेका छन् ।

वेष्ट ह्यामका पहिलो रोजाईका गोलकिपर लुकास्ज फाबियन्सकी अहिले हिप इन्जुरीको कारण मैदान बाहिर छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *