बीबीएलमा धमाका मच्चाएका हेरिस रौफ पहिलो पटक पाकिस्तानको राष्ट्रिय टोलीमा समावेश

डिसी नेपाल
२ माघ २०७६ १८:१८

एजेन्सी । बंगलादेशविरुद्धको टी–२० सिरिजका लागि पाकिस्तानले टोलीको घोषणा गरेको छ। आगामी हप्तादेखि सुरु हुने तीन खेलको सिरिजका लागि पाकिस्तानले १६ सदस्यीय टोलीको घोषणा गरको छ।

पाकिस्तानले घोषणा गरेको टोलीमा पहिलो पटक तीव्र गतिका बलर हेरिस रौफले स्थान बनाएका छन्। अस्टे्रलियाको घरेलु लिग बिग बास लिगमा मेलबर्न स्टार्सबाट खेलिरहेका रौफ पहिलो पटक राष्ट्रिय टिममा परेका हुन्। हालै बीबीएलमा डेब्यु गरेका उनले सनसनीपुर्ण बलिङ गर्दै धमाका मच्चाएका छन्।

२६ वर्षीय रौफले मेलबर्नबाट ७ खेलमा १६ विकेट लिँदै बीबीएलमा सर्वाधिक विकेट लिने खेलाडीको दोस्रो नम्बरमा रहेका छन्। पाकिस्तानले बंगलादेशसँग पहिलो टी–२० २४ जनवरीमा खेल्नेछ। पाकिस्तान भ्रमणमा आउन लागेको बंगलादेशले तीन टी–२०, एक ओडिआई तथा दुई टेष्ट खेल्नेछ।

यस्तै पाकिस्तानको टी–२० टिममा शोएब मलिक र मोहम्मद हफिज फर्किएका छन्।

पाकिस्तानी टिमः

बाबर आजम (कप्तान), अहसन अली, अमद बट, ईफ्तिखर अहमद, हेरिस रौफ, ईमाद वासिम, खुश्दिल शाह, मोहम्मद हफिज, मोहम्मद हश्नान, मोहम्मद रिजवान(विकेटकिपर), मोहम्मद मुसा, शादाब खान, शाहीन अफ्रिदी, शोएब मलिक, उस्मान कादिर


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *