गायिका आस्था राउतको भिडियोले सामाजिक सञ्जालमा आलोचना

डिसी नेपाल
२ माघ २०७६ २३:३७

काठमाडौं। गायिका आस्था राउतले विमानस्थलमा महिला प्रहरीले दुर्व्यवहार गरेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो पोस्ट गरेपछि उनको आलोचना भएको छ।

निकै आलोचना भएपछि सो भिडियो डिलिट गरे पनि उनीमाथि सामाजिक सञ्जालमा आलोचनात्मक कमेन्टहरु भइरहेका छन्। सामाजिक सञ्जालमा निकै आलोचना भएपछि उनलले ट्वीटरमा एक पोस्ट लेख्दै दुर्व्यवहारको मात्र आलोचना गरेको उल्लेख गरेकी छन्।

उनले लेखेकी छन्, मेरो आवाज दुर्व्यवहार विरूद्व हो प्रहरी आर्मी वा प्रशासन विरूद्व होइन।

उनले यो पोस्ट गरेपछि अधिकांश ट्वीटर प्रयोगकर्ताहरुले उल्टै आस्थाकै आलोचना गरेका छन्। सुबीकु वेयरफेर नामबाट ट्वीटर चलाउने एकजनाले उनलाई रिप्लाइमै आलोचना गरेका छन्। उनले लेखेका छन्, पुलिसले गरेको भनिएको दुर्व्यवहार हाम्रो नजरमा आएन तर तपाईंको बहुलठ्ठिपन आफैं छताछुल्ल पार्नुभो १ अँ साँच्ची, सिसी टिभी फुटेजमा पुलिसको कुनै गल्ति देखिएन रे र मेरो लागि त्यो बढी आधिकारिक समाचार हो! You completely lost my respect.।

यस्तै सन्तोश खडेरीले ट्वीटरमा लेखेका छन्, काँचले घेरेको बन्द स्टुडियो भित्र संगीतकारको संगीतमा रचनाकारका शब्द माईक्रोफोन समाएर उच्चारण गर्न सहज छ। तर स्टुडियोबाट बाहिरिएर आमनागरिक सरह सार्वजनिक क्षेत्रमा लामबद्द भएर तोकिएको प्रक्रिया पूरा गर्न जटिल छ।

सार्वजनिक स्थानमा भाषिक व्यबहारको आफ्नै मर्यादा कायम गर्न झन् कठिन छ। आस्थामाथि आलोचना गर्नेहरुले प्रहरीको आलोचना गर्ने स्वयम उनी आफैले सभ्य तरिका नअपनाएको टिप्पणी गरेका छन्।

उता प्रहरीले पनि यो विषयमा छानविन हुने बताएको छ। बिहीबार आस्थाको भिडियो सामाजिक सञ्जालमा आएसँगै उनीमाथि लगातार आलोचना भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *