भर्खरै चीनबाट फर्किएका व्यक्तिमा कोरोना भाइरसको रहस्यमय संक्रमण, क्वारेन्टाइनमा राखियो

डिसी नेपाल
३ माघ २०७६ १०:५५

काठमाडौं। केही दिनअघि मात्र चीनको वुहानबाट काठमाडौं आएका एक व्यक्तिमा कोरोना भाइरसको रहस्यमय संक्रमण भेटिएपछि उनलाई ‘क्वारेन्टाइन’मा राखिएको अधिकारीहरुले बिहीबार जनाएका छन् । शुक्रराज ट्रपिकल अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले चीनको वुहान प्रान्तबाट फर्केका एक पुरुषलाई उनी कसरी र कस्तो किसिमले संक्रमित छन् भन्ने पत्ता लगाउन निरन्तर निगरानीमा राखी र विभिन्न परीक्षण भइरहेको पुष्टि गरेको समाचार एजेन्सी एसिया न्यूज इन्टरनेशनलले लेखेको छ

‘ती संक्रमितमा अहिलेसम्म कुनै किसिमका लक्षण भने देखिएका छैनन् । मुख्य र ध्यान दिनुपर्ने कुरा कुरा उनी चीनबाट फर्किएका हुन्’ डा. पाण्डेले एएनआइसँग फोनमा भने । चीनको वुहान प्रान्तमा एक्कासी निमोनियाको संक्रमण फैलाउन जिम्मेवार यो भाइरस नेपाल पनि प्रवेश गर्न सक्ने खतरा औंल्याएका छन् । यो निमोनिया नयाँ किसिमको कोरोना भाइरसबाट फैलिएको विश्वास गरिएको छ जले एक जनाको ज्यान लिइसकेको छ र ४१ जना संक्रमित भएको पाइएको द काठमाण्डु पोस्टले लेखेको छ ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई यो संक्रामक भाइरस फैलिनबाट रोक्नको लागि चेतावनी दिइसकेको छ । यद्यपि नेपालमा यस्तो उच्च संक्रामक रोगको उपचार र निदानका लागि पर्याप्त स्वास्थ्य केन्द्र र प्रयोगशालाको अभाव छ । ‘आप्रवासनका कारण नेपालीहरुमा संक्रमणको सम्भाव्यता उच्च छ । चीनबाट नेपाल आउने र नेपालबाट चीन जानेहरु यो भाइरसको सम्पर्कमा आउने र यसलाई फैलाउने जोखिममा छन्’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण विभागका पूर्व निर्देशक डा. बाबुराम मरासिनीले भने ।

डा. मरासिनीले अगाडि भने ‘यदि कोही यसरी संक्रमित भएमा तत्कालै यो रोग फैलिनबाट रोक्ने किसिमले स्वास्थ्य केन्द्र वा प्रयोगशाला लगिनुपर्छ । तर हामीसँग यसका लागि उपयुक्त किसिमको एम्बुलेन्स नै छैन । यस्ता बिरामीलाई डबल क्याम एम्बुलेन्समा राखेर लैजानुपर्छ जुन हामीसँग छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *