हिउँदे झरीले किसानमा उत्साह, उत्पादन बढ्ने

डिसी नेपाल
३ माघ २०७६ १२:३७

काठमाडौं। बिहीबारदेखि देशका अधिकांश ठाउमा हिउँदे झरी सुरु भएको छ। उच्च पहाडी तथा हिमाली भेगमा हिमपात पनि भइरहेको छ। हिमपात र झरीका कारण चिसो बढेर सर्वसाधारणको जनजीवन कष्टकर भएपनि किसानहरुमा उत्साह बढेको छ।

झरीका कारण हिउँदे बालीको उत्पादन वृद्धि हुने कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले जनाएको छ। “यो झरी हिँउदे बालीका निम्ति अमृतसमान हो,’ मन्त्रालयका सचिव युवकध्वज जिसीले भने, ‘यसबाट हिउँदे बालीको उत्पादन वृद्धि हुने अपेक्षा गर्न सकिन्छ।’

नेपालमा हिउँदको समयमा विषेश गरी तोरी, फापर, गहुँ, आलुलगायतको खेति हुने गरेको छ। हिमाली तथा पहाडी भेगमा कोदो र तराईमा गहुँ खेति हुने गरेको छ।

यसैगरी हिउँदमा बन्दा, काउलीलगायतका तरकारीको खेती पनि हुने गरेको छ। झरीका कारण तरकारी खेतीलाई पनि फाइदा पुग्ने मन्त्रालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *