बारम्बार चिप्लिन्छ राष्ट्रपति कार्यालय, फेरि अर्को ‘सिल्ली मिस्टेक’

डिसी नेपाल
३ माघ २०७६ १८:२७

काठमाडौं। राष्ट्रपतिको कार्यालय बारम्बार चिप्लिरहन्छ। यसैको परिणाम थियो दुई वर्ष अगाडि तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको मिति। २०७४ फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त हुनुपर्नेमा राष्ट्रपति कार्यालयले सार्वजिनक गरेको पत्रमा मिति भने एक वर्षको फरक थियो।

राष्ट्रपति कार्यालयले गरेको यो अन्तिम ‘गल्ति’ थिएन। यस्ता ‘सिल्ली मिस्टेक’हरु राष्ट्रपति कार्यालयबाट पटक पटक भइरहेका छन्।

शुक्रबार फेरि अर्को गल्ति भयो। कुरा हो नेपाल भ्रमणमा रहेको जापानी जापानका संसदीय तथा विदेश उपमन्त्रीको राष्ट्रपति विद्यादेवी भण्डारीसँगको शिष्टाचार भेटको। यो भेट सम्बन्धि प्रेस विज्ञप्ति जारी गरेको राष्ट्रपतिको कार्यालयले मिति भने माघ १० गते उल्लेख गरेको छ। जबकी शुक्रबार माघ ३ गते शिष्टाचार भेट भएको हो।

साँझ साढे ६ बजेसम्म सो गल्ति सच्याइएको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *