आरबीबी एनभीए भलिबलः एपीएफको जित

डिसी नेपाल
३ माघ २०७६ १९:०२

काठमाडौं । विभागीय टिम नेपाल एपीएफ क्लबले पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिलातथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ विजयी सुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा शुक्रबार भएको खेलमा रारा बुलबुले क्लबलाई ३-१ को सेटमा पराजित गर्दै एपीएफले सुखद सुरुवात गरेको हो । पहिलो सेट गुमाएको एपीएफले उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो । एपीएफले खेलमा पहिलो सेट २३–२५ ले गुमाएको थियो ।

तर, त्यसपछिका तीन सेट लगातार २५–१२, २५–२० र २५–१८ ले जित्दै एपीएफले खेल आफ्नो बनाउन सफल भयो । जितसँगै समूह बी मा रहेको एपीएफ क्वाटरफाइनल नजिक पुगेको छ । एपीएफले १ खेलमा २ अंक जोडेको छ ।

पुरुषतर्फ नै यस अघि साविक विजेता त्रिभुवन आर्मी क्लबले आरजी ग्रुपलाई ३–० को सेटमा पराजित गरेको थियो । प्रतियोगिताको पुरुषतर्फ ११ टिमको सहभागिता रहेको छ । महिलातर्फ ७ टिमको सहभागिता रहेको छ ।

माघ १० गतेसम्म चल्ने प्रतियोगिताको महिला र पुरुष दुवैको विजेताले २ लाख पुरस्कार पाउने छन् । यस्तो दोस्रोले १ लाख र तेस्रोले ५० हजार पाउने छन् ।

महिला र पुरुषको सर्वोकृष्ट खेलाडीले २५र२५ हजार पाउने छन् । यस्तै उत्कृष्ट स्पाइकर, लिब्रो, सरभर,बल्कर, लिफ्टर र प्रशिक्षकले जनही १०र१० हजार पाउने छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *