बक्सिङ सङ्घमा तण्डुकार

डिसी नेपाल
३ माघ २०७६ २२:१७

काठमाडौं । काठमाडौँ जिल्ला बक्सिङ सङ्घको विशेष साधारणसभाले नवीन तण्डुकारको अध्यक्षतामा शुक्रबार पाँच सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध चयन गरेको छ । सङ्घको उपाध्यक्षमा दीपक महर्जन, सचिवमा रमेश श्रेष्ठ, कोषाध्यक्षमा किशोर खत्री केसी र सदस्यमा केशव रञ्जितलाई चयन गरिएको छ ।

साधारणसभामा राष्ट्रिय खेलकूद परिषद्का सदस्य एवम् नेपाल बक्सिङ सङ्घका वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसी, नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवाले, सङ्घका सदस्य श्याम अवाले लगायतको उपस्थिति थियो । समितिले राजकृष्ण महर्जन, सुरेन्द्र महर्जन, कवुना श्रेष्ठ, राजकुमार महर्जन, सुनिता महर्जन, नवराज केसी, कृष्ण महर्जन र उमेश रिजाललाई सदस्यमा मनोनीत गरेको छ ।

यसैबीच कागेश्वरी मनोहरा नगरपालिकाले हालै सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा निर्णायकको भूमिका निर्वाह गरेका तेक्वान्दोका अशोक खड्का तथा गोल्फका प्रशिक्षक धनबहादुर थापालाई सम्मान गरेको छ । कागेश्वरी मनोहरा नगरपालिकाका बासिन्दा खड्का र थापालाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनही रु २५ हजार तथा सम्मान पत्रसहित सम्मान गरे । खड्काले तेक्वान्दोको ग्योरोगी र पुम्से विधामा निर्णायकको भूमिका निर्वाह गरेका थिए । यस्तै सागमा नेपालले स्वर्ण पदक जितेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *