आत्मघाती गोलमा सिटीको बराबरी

डिसी नेपाल
४ माघ २०७६ २२:५४

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यान्चेष्टर सिटी क्रिष्टल प्यालेससँग अंक बाँढ्न बाध्य भएको छ । पहिलो हाफमा एक गोलले पछि परेको अवस्थामा दोस्रो हाफमा सर्जियो अगुएरोले दुई गोल गर्दै सिटीलाई जित नजिक पु¥याएका थिए ।

तर फर्नान्डिन्होले आत्मघाती गोल गरेपछि २–२ गोलको बराबरीमा रोकिन पुग्यो । खेलको ३९औं मिनेटमा सेन्ट टोसुनले गोल गर्दै क्रिष्टल प्यालेसलाई अग्रता दिलाएका थिए ।

८२औं मिनेटमा अगुएरोले ग्याब्रिल जेससको पासमा गोल गरेका थिए । त्यसको पाँच मिनेटपछि अगुएरोले ब्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई २–१ को अग्रता दिलाए । खेलको ९०औं मिनेटमा फर्नाण्डिन्होले आत्मघाती गोल गर्दा सिटीले प्यालेसलाई अंक सुम्पियो ।

बराबरीसँगै सिटीले ४८ अंक बनाएको छ । सिटीले शीर्ष स्थानको लिभरपुलसँगको दूरी १३ अंकमा झारेको छ । एक खेल कम खेलेको लिभरपुल ६१ अंक सहित शीर्ष स्थानमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *