न्युक्यासलसँग चेल्सी पराजित

डिसी नेपाल
५ माघ २०७६ ११:२२

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले न्युक्यासल युनाइटेडसँग हार बेहोरेको छ । गएराती सम्पन्न खेलमा खेलको अन्तिम इन्जुरी समय गोल खादै चेल्सी पराजित भएको हो ।

न्युक्यासलका लागि इसाक हेडेनले खेलको ९४औ मिनेटमा गोल गरेपछि न्युक्यासलले चेल्सीमाथि सनसनीपूर्ण जित हासिल गरेको थियो ।

यो हारपछि चेल्सीको २३ खेलमा ३९ अंक छ भने लिगको चौथो स्थानमा रहेको छ । त्यस्तै न्युक्यासलको २३ खेलमा २९ अंक छ र लिगको १२औ स्थानमा रहेको छ ।

गएराती नै सम्पन्न अन्य खेलमा टोटनह्याम र वाटफोर्ड, आर्सनल र शेफिल्ड, म्यानचेस्टर सिटी र क्रिस्टल प्यालेस, एभर्टन र वेस्टह्याम बराबरीमा रोकिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *