प्रदेश १ मा ४ जना राज्यमन्त्री थपिए

डिसी नेपाल
५ माघ २०७६ १७:०७

विराटनगर । प्रदेश १ सरकारले मन्त्रीपरिषदमा विस्तार गरेको छ । दुबै मन्त्रालय मुख्यमन्त्री राईले आफूसँगै राखेको अवस्थामा गरिएको मन्त्रीपरिषद विस्तारमा ४ जना राज्यमन्त्री थपिएका छन् ।

आइतबार थपिएका राज्यमन्त्रीहरुमा ओखलढुंगाका अम्बिर गुरुङलाई भौतिक पूर्वाधार राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । यसैगरी, इलामका रामबहादुर मगरलाई भूमि कृषि तथा सहकारी, झापाकी जसमाया गजमेरलाई सामाजिक विकास र मोरङका विजयकुमार विश्वासलाई पर्यटन राज्यमन्त्री राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

सात वटा मन्त्रालय रहेको प्रदेश १ मा प्रदेश सरकार गठन भएको दुई वर्षसम्म पनि भौतिक योजना तथा पुर्वाधार विकास र भूमि, कृषि तथा सहकारी मन्त्री नियुक्त हुन सकेको छैन । नवनियुक्त राज्यमन्त्रीहरुले आइतबार नै सपथ लिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *