पहिलो ओभरमै सन्दिप लामिछानेको घातक बलिङ, ३ रन दिएर २ विकेट

डिसी नेपाल
६ माघ २०७६ १५:१८

काठमाडौं। अस्ट्रेलियामा जारी बिग बाश लिगमा आज भइरहेको खेलमा सिड्नी सिक्सर्सविरुद्ध नेपाली बलर सन्दिप लामिछानेले निकै घातक बलिङ गरेका छन् । उनले आफ्नो पहिलो ओभरमै मात्रै ३ रन दिएर २ विकेट लिए ।

वर्षाका कारण १४ ओभरमा छोट्याइएको खेलमा ४ ओभरको पावरप्ले सकिएपछि पाँचौं ओभरमा बलिङ गर्न आएका सन्दिपले ओभरको चौथो बलमा ड्यानियल ह्युजलाई विकेटकिपर सेब गोचको हातबाट स्टम्प आउट गराए । यही ओभरको अन्तिम बलमा उनले जोश फिलिपलाई क्लिन्ट हिंक्लिफको हातबाट क्याच आउट गराए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *