प्याउलीमा विराट ज्ञानमहायज्ञ तथा सांस्कृतिक महोत्सव

डिसी नेपाल
६ माघ २०७६ २२:०२

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउने लक्ष्यसहित भोजपुरको अरुण गाउँपालिका प्याउलीमा विराट ज्ञान महायज्ञ तथा सांस्कृतिक महोत्सवको आयोजना हुने भएको छ । भोजपुरको धार्मिक तथा सांस्कृति सम्पदाको संरक्षण प्रवद्र्धन गर्ने उद्देश्यले आगामी माघ १८ देखि २६ गतेसम्म महोत्सव आयोजना हुने मूला आयोजक समितिले जनाएको छ ।

महोत्सवले लोपन्मुख अवस्थामा रहेको स्थानीय लाखे, बालन, साकेला, सङ्गिनी, चण्डी नाच, सोरठी नाच, मारूनी जस्ता संस्कृतिको संरक्षण गर्न महत्वपूर्ण योगदान पुग्ने समितिका सदस्य डिल्ली सापकोटाले बताए । महोत्सवका माध्यमबाट भ्रमण वर्षलाई सफल पार्दै अरूण गाउँपालिकाको केन्द्र प्याउलीमा अतिथि, अनाथ, वृद्धलगायत, सबैको आश्रय थलो बन्नसक्ने बहुद्देश्यीय निर्माण गरी सबैका निम्ति संस्कार पाठशाला सञ्चालन गरिने उनले बताए ।

महायज्ञ र महोत्सवबाट भोजपुरमा उल्लेख्य सङ्ख्यामा रहेका मठमन्दिर, गुम्बा, देवी देउरालीलगायत धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण गर्न सहयोग पुग्ने जनाइएको छ । महोत्सवमा योग तथा स्वास्थ्य शिविरका अलावा निःशुल्क औषधिसमेत वितरण हुनेछ ।

विराट ज्ञानमहायज्ञ मूल समारोह समितिका सदस्य–सचिव सोमनाथ कोइरालाले विराट ज्ञान महायज्ञ तथा अरुण सांस्कृतिक महोत्सवले बालागुरू षडानन्द र महिला अग्रणी योगमाया जस्ता प्रसिद्ध महानुभावको तपस्यास्थलका रूपमा रहेको ठाउँको प्रचार हुने बताए। अरूण गाउँपालिकाका अध्यक्ष गजेन्द्र कार्कीले महोत्सवले भोजपुर जिल्लाको धार्मिक, साँस्कृतिक र ऐतिहासिक महत्वलाई देशभर तथा विदेशमा समेत पु¥याउने दाबी गरे। महोत्सवमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत विशिष्ट व्यक्तिलाई आमन्त्रण गरिएको मूल आयोजक समितिले जानकारी दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *