कृष्ण अखेली क्षेत्रीको अध्यक्षतामा १५ सदस्यीय समिति गठन

डिसी नेपाल
७ माघ २०७६ ९:०२

पोखरा। क्षेत्री समाज नेपाल गण्डकी प्रदेश कलाकार समाजको प्रथम अधिवेशनले कलाकार कृष्ण अखेली क्षेत्रीको अध्यक्षतामा १५ सदस्यीय समितिको गठन गरेको छ।

अधिवेशनले समितिको उपाध्यक्षमा रवि कार्की, महिला उपाध्यक्ष तारा थापा, उपाध्यक्ष सरस्वती लामिछाने, सचिव सुरज वाग्ले, कोषाध्यक्ष अनिता पन्त, सह–सचिव सुदिप क्षत्री, सह–कोषाध्यक्ष रिता कार्कीलाई निर्वाचित गरेको छ। यसैगरी समिति सदस्यहरुमा पार्वती क्षत्री, सुमन के.सी., रमेश कार्की, रिना केसी, नारायण क्षत्री र दिपक कार्की रहेका छन्।

सो अधिवेशनको उद्घाटन गर्दै समाजका केन्द्रीय अध्यक्ष प्रा.डा. दिल बहादुर क्षत्रीले समाजलाई सक्रिय र क्षत्रीको माग मुद्धाका लागि कलाकारको भूमिका सक्रिय रहनुपर्ने बताए। केन्द्रीय महासचिव केशबहादुर केसीले संगठनको बारेमा बताएका थिए।

समाजका गण्डकी प्रदेश अध्यक्ष वेनीबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश उपाध्यक्ष बमबहादुर पाण्डे, सचिव लक्ष्मी अधिकारी, कास्कीका अध्यक्ष पदमबहादुर कार्की, कलाकार समाजका केन्द्रीय सदस्य राजन कार्कीलगायतले आ–आफ्नो धारण राखेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *