दुई जर्नेलको अकस्मात राजीनामा, केही जर्नेलको बढुवा, केहीको सरुवा

डिसी नेपाल
७ माघ २०७६ १०:३०

काठमाडौं। नेपाली सेनाका सहायक रथी जितबहादुर गुरुङ र अर्का सहायक रथी अजय राईले पदबाट राजीनामा दिएका छन्। यी दुवै जनाको राजीनामा मन्त्रिपरिषदको सोमबार बसेको बैठकले स्वीकृत गरेको छ।

सहायक रथी जितबहादुर गुरुङ  राष्ट्रिय सेवा दलमा सेकेण्ड म्यान थिए। त्यसका प्रमुख जर्नेल रमिन्द्र क्षेत्री अवकाश भएपछि गुरुङलाई नै निमित्त प्रमुख बनाइएको थियो।

सहायक रथी पदको पदावधि थप गर्ने समय आउनै लाग्दा उनलाई राजीनामा दिन लगाइएको  सैनिक स्रोतले  जनाएको छ। उनको ठाउँमा जर्नेल कृष्णमुरारी न्यौपानेलाई पठाइसकिएको छ।

सहायक रथी अजय राईको राजीनामा भने स्वास्थ्यका कारणले आएको भनिएको छ। उनी सेनाको अर्वौं रकमको परिचालन गर्ने सैनिक कल्याणकारी बोर्डमा कार्यरत थिए।

यसैगरी मन्त्रिरिषदको सोमबार बसेको बैठकले प्राविधिक सहायक रथी डा. देवेन्द्रबहादुर खत्रीसहित सात जना र नौ जना महासेनानीहरुलाई सरुवा गर्ने निर्णय गरेको छ।

प्रधानसेनापछि पूर्णचन्द्र थापाको सिफारिस र रक्षा मन्त्रालयको प्रस्तावमा उनीहरुको सरुवाको निर्णय भएको हो। त्यसैगरी प्रमुख सेनानी इन्दिवर गुरुङलाई प्राविधिक महासेनानीमा बढुवा गरिएको छ।

यसैगरी मन्त्रिपरिषदको बैठकले नेपाली प्रहरीको सांगीतिक क्षेत्रका वरिष्ठ उपरक्षिक पदलाई प्रशासन अन्तर्गत  गाभ्ने निर्णय गरिएको छ। यसैगरी लुम्बिनीको सांस्कृतिक नगरपालिका र स्पेनको एम्ब बे मादुरा सहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *